फागुन ८, काठमाडौँ । तामाङ चलचित्र टु (पसिना) को अर्को गीत ग्याल्मो सार्वजनिक भएको छ ।
गायिका मिना लामा र गायक रोम लामाको आवाजमा सजिएको ग्याल्मो गीतमा नायिका रुपा एस घले र नायक सिंग बहादुर तामाङको अभिनय रहेको छ । भिडियो निकै नै रमणिय स्थलहरुमा छायाँकन गरिएको छ । केही साता अघि मात्र यसै चलचित्रमा समाहित म्हारम्हुई बोलको गीत सार्वजनिक भएको थियो ।
गायक तथा निर्देशक रोशन फ्युबाद्वारा निर्देशित अर्को तामाङ कथानक मौलिक चलचित्र ‘टु’ (पुर्खाको पसिनां) को भिडियोमा धादिङको रुबि भ्याली, खनियाबासको सिङ्ल्हा र नुवाकोटको रमणीय स्थलहरु मनमोहक तरिकाले देखाइएको छ । चलचित्र प्रकाश तामाङले छायाङ्कन गरेको हो । चलचित्र टु पुर्खाको पसिना र पुर्खाले आर्जेको भुमिको बारेमा बनाएको कथाकार सिङ्गबहादुरले जानकारी दिएको छ ।
चलचित्रमा नायिका रुपएस घले, सिङ्गबहादुर तामाङ, प्रकाश तामाङ, युजिला मोक्तान, सोनाम लामा, कान्छा लामा, मर्नेन वाइबा, बिगेन्द्र वाइबा, डोल्मा मनाङ्थेन, फुर्पा लामा, सिशिर थोकर, सुनिता मम्बा, हिना नेम्बाङ, एआर तामाङ, मिलन एस वाइबा लगायतका कलाकारले अभिनय गरेका छन । अहिले धमाधम सम्पादन भैरहेको चलचित्र यही नयाँ बर्षमा प्रदर्शन गर्ने निर्माण पक्षले जानकारी दिएको छ । चलचित्रलाई सिंग बहादुर तामाङ र सन्च मायाले निर्माण गरेका हुन भने निरमाया तामाङ, सपना मोक्तान र प्रेम तामाङले निर्माणमा सहयोग गरेका छन् ।

