आन्तरिक राजस्व विभागको महानिर्देशकमा आचार्य नियुक्त

फागुन ८, काठमाडौँ । आन्तरिक राजस्व विभागको महानिर्देशकमा अर्थ मन्त्रालयका सहसचिव झक्कप्रसाद आचार्यलाई नियुक्त गरिएको छ ।

उनी मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन महाशाखा प्रमुख थिए । मन्त्रालयले बिहीबार आचार्यलाई विभाग पठाउने निर्णय गरेको हो । यसअघि विभागका महानिर्देशक रहेका विनोद बहादुर कुँवरको सरुवा भएसँगै उक्त पद रिक्त थियो । माघ १ गते उनको सरुवा भएको थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.