फागुन ६, काठमाडौँ । नेपालमा कोरोना भाइरसका आज ९६ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या २ लाख ७३ हजार १ सय ६६ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज १११ जना संक्रमणमुक्त भएका छन् । आज २ लाख ६९ हजार ५ सय ५ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । कोरोना संक्रमणबाट आज थप ३ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या २०५८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

