बलात्कारका ३ अभियुक्त प्रकाउ

फागुन ६, काठमाडौँ । ललितपुरमा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा महांकाल गाउँपालिका– ४ कालेश्वर खन्तिडाँडास्थित नवोदय प्राथमिक विद्यालयको भवन निर्माणमा काम गरी बस्ने पर्सा पोखरिया नगरपालिका– ८ घर भएका २१ वर्षीय राजकुमार ठाकुरलाई प्रहरीले पक्राउ गरेको छ ।

ती बालिकालाई विद्यालय पछाडिको जंगलमा बुधबार बिहान बलात्कार गरेको अभियोगमा ईलाका प्रहरी कार्यालय कोन्ज्योसोम र प्रहरी चौकी कालेश्वरबाट खटिएको प्रहरीले राजकुमारलाई पक्राउ गरेको हो । त्यस्तै १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा चन्द्रागिरी नगरपालिका– १० सिप्रदी डेरा गरी बस्ने खोटाङ खिदिम गाउँपालिका– ७ घर भएका १९ वर्षीय सागर राईलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

यता दार्चुलामा २१ वर्षीया विवाहित महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा नौगाड गाउँपालिका(१ सतला बस्ने २३ वर्षीय पान सिह ठगुन्नालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.