शरीरको तौल नाप्ने सही तरिका र समयबारे तपाईलाई थाहा छ?

चिकित्सकले पनि बेला बेलामा शरीरको तौल नाप्न सल्लाह दिने गर्छन्। तर तौल नाप्ने सही तरिका बारे सायद धेरैलाई जानकारी नहुन सक्छ। प्रायजसो हामी कुनै समय र अवस्था नहेरी शरीरको तौल लिने गर्छौ।

तर सही तौल थाहा पाउन सही समय हुन आवश्यक छ।

तौल नाप्ने सही समय 

केही व्यक्तिहरुले दैनिकजसो नै शरीरको तौल नाप्ने गर्छन्। यदी तपाई दैनिक तौल नाप्नु हुन्छ भने तौल नाप्ने समय सधै एकै हुन आवश्यक हुन्छ। यदी कुनै एक समयमा मात्र तपाईले तौल नाप्नु हुन्छ भने त्यो धेरै प्रभावकारी हुन सक्छ।  बिहान खाली पेट तौल नाप्नु सबैभन्दा उत्तम मानिन्छ। बिहानको खाजा खानु अघि तौल नोट गर्नुपर्छ। त्यसको भोलिपल्ट या अर्को पटक पनि उही समयमा तौल नाप्न आवश्यक छ।

कुन समय तौल नाप्नु हुँदैन  ?

बिरामी या कुनै रोगको शिकार भएको बेला तौल नाप्नु उचित मानिदैन। स्वस्थ हुने बेलासम्म पर्खनु पर्ने हुन्छ। किनभने केही व्यक्ति लगातार तौल नाप्नाले डिप्रेस महसुस गरेको समेत पाइएको छ। दैनिकभन्दा पनि केही दिनको अन्तरालमा तौल नाप्नु राम्रो हुन्छ।

तौल मेसिनको प्रयोग कसरी गर्ने ?

तौल मेसिनको प्रयोग गर्नु अघि मेसिनको स्केल या लेबल ठिक भए÷नभएको हेर्नुपर्छ। मेसीनलाई कुनै हार्ड सर्फेसमा राख्नुपर्छ। भारी कपडा लगाएर तौल नाप्नु हुँदैन। यदी तपाईले मेजरमेन्ट टेपबाट नाप लिदै हुनु हुन्छ भने हरेक अंगको अलग अलग नाप लिन आवश्यक छ।

धेरै मानिसको कम्मरको मात्र नाप लिने गर्छन्। तर त्यसो होइन। किनभने शरीरको हरेक भाग घट्ने बढ्ने हुने गर्छ। त्यसैले शरीरको कुम, कम्मर, छाती, थाईज र हिप्सको पनि नाप लिन आवश्यक छ।

समय–समयमा तौल नाप्नुको फाइदा

दैनिकजसो तौल नाप्नुको केही फाइदा पनि छन्। यसबाट हामीले हरेक हप्ता या महिना कुन समयमा तौल घट्छ या बढ्छ भनेर थाहा पाउन सक्छौ। यसो गर्दा आफ्नो तौलको ट्याक बारे थाहा पाउन सकिन्छ।

जो व्यक्ति आफ्नो तौल परीक्षण गरिरहन्छन्, उनीहरुले आफ्नो स्वास्थ्यमा पनि ध्यान दिन सक्छन्। नियमित तौल नापिरहँदा कुन खानेकुराले तौल घट्छ या बढ्न भन्ने कुराको पनि अनुमान लगाउन सहज हुन्छ। तौल घटाउने प्रयासमा रहेका व्यक्तिहरुले दैनिक तौल नाप्न जरुरी पनि छ। – एजेन्सीको सहयोगमा 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.