गोकर्णेश्वर नगरप्रमुख चालिसेलाई नागरिक अभिनन्दन

प्रारम्भ खबर,
फागुन ५, काठमाडौँ । गोकर्णेश्वर नगरपालिका –३ स्थित पिस एन्जल्स स्कूलले नगर प्रमुख सन्तोष चालिसेलाई नागरिक अभिनन्दन गरेका छन् । मंगलबार श्री पञ्चमी सरस्वती पूजाको अवसरमा आयोजित एक समारोहमार्फत मेयर चालिसेलाई अभिनन्दन गरिएको हो ।

नेपालमै पहिलो पटक पुस्तक दान दिवसको रुपमा प्रारम्भ गरेको सो कार्यक्रममा साँस्कृतिक संग्राहलययुक्त विद्यालयको समेत उद्घाटन गरिएको छ । उद्घाटन समारोहमा बोल्दै नगर प्रमुख चालिसेले पिस एन्जल्स स्कूल नगरपालिकाकै लागि पहिचान र ऐतिहासिक हुने विश्वास व्यक्त गरे । नेपाली कला, साहित्य, सिर्जनासंगै मौलिकपनको जर्गेना र संरक्षणको आरम्भ भएकोमा खुसी व्यक्त गर्दै नगरपालिकाकै प्रतिनिधित्व हुने गरी स्कूललाई अझ प्रभावकारी बनाउन सहयोग गर्ने प्रतिबद्धता गरे ।

नेपाली संस्कृतिक तथा मौलिकता झल्किने सामाग्री तथा विभिन्न साहित्यिक, ज्ञानगुणका पुस्तक समेत राखिने भएकोले पिस एन्जल्स स्कूलको बेग्लै पहिचान रहेको संस्थापक प्रिन्सिपल राजेश कुमार विष्टले बताए । आधुनिक उपकरण भित्रिएपछि मौलिक प्रविधि हराउन लागेको भन्दै गोकर्णेश्वरमा शिक्षण सिकाईमार्फत त्यसको संरक्षणको सुरुवात गरेको प्रिन्सिपल विष्टले बताए ।  उक्त स्कूलमा नेपाली बाजा÷भेषभूषा, ढिकी जाँतो, हलो जुवा, मोही पार्ने ठेकी, लगायत थुपै लोभ हुना लागेका वस्तुहरुको संरक्षण गरिएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.