स–साना बालबालिकालाई अक्षर लेख्न सिकाउदै शुभकामना स्कूल

फागुन ४, काठमाडौँ । गोकर्णेश्वर नगरपालिका – ४ स्थित उत्तरवाहिनीमा रहेको शुभकामना मण्टेश्वरी स्कूलले सरस्वती पूजाको अवसर पारेर साना–साना बालबालिकालाई अक्षर लेख्न तथा पढ्न सिकाएका छन् ।

विद्यालय प्रंगाणमा सरस्वतीको तस्बीर राखी बालबालिकासाथ अभिभावकहरुले पूजाआराधाना गरेका थिए । दक्ष अनुभवी शिक्षक÷शिक्षिकाहरुबाट पठनपाठन हुने शुभकामना मण्टेश्वरी स्कूलमा ७७ जना बालबालिका रहेका छन् । शान्त, स्वच्छा वातावरण तथा सफल व्यवस्थापनसहित पठनपाठन हुने भएकाले बालबालिकाहरु पनि रमाउने गरेको संस्थापक प्रकाश अधिकारीले बताउनुभयो ।

स्कूलले समय–समयमा निःशुल्क स्वास्थ्य परिक्षण गर्ने र बालबालिकाको रुचिअनुसारको मनोरञ्जनात्मक गतिविधि गराउँदै आएकोले अभिभावकहरुले स्कूल व्यवस्थापकलाई विश्वास गर्दै आएको अधिकारीले बताउनुभयो ।

९ जना कर्मचारी भएको शुभकामना स्कूलले आफ्ना विद्यार्थीहरुलाई शिक्षण सिकाईसंगै नृत्य, संगीत तथा खेलकुद सम्बन्धि विभिन्न सामाग्रीमार्फत प्रशिक्षण गराउँदै आएको छ । ७७ जना विद्यार्थी रहेको त्यस स्कूलमा सरस्वती पूजाकै दिन आज २८ जना बालबालिकाको भर्ना भएको बताएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.