बांग्लादेशमा नेपाली विद्यार्थीद्वारा प्रदर्शन

ढाका । बांग्लादेशको राजधानी ढाकामा हजारौं विद्यार्थीहरूले शनिबार गरेको प्रदर्शनका कारण यातायात व्यवस्था अस्तव्यस्त हुन पुगेको छ।

उनीहरूले सवारी साधनहरू रोकेर चालकको सवारी चालक अनुमति पत्र परीक्षण गर्नुका साथै विभिन्न चोकका नाका बन्द गरेका थिए। युवाहरूले सडकमा प्रदर्शन गरेको शनिवार सातौं दिन हो। प्रदर्शनमा सहभागीहरूमध्ये धेरैजसो विद्यालयको पोशाकमै देखिन्थे। तीब्र गतिको बसको ठक्करबाट एकजना युवक र एकजना युवतीको गत आइतवार मृत्यु भएपछि प्रदर्शन शुरू भएको हो। सडक सुरक्षामा सुधार तथा ट्राफिक कानूनको कडाईका साथ कार्यान्वयन उनीहरूको माग छ।

एकातर्फ विद्यार्थी आन्दोलनको प्रतिक्रिया स्वरूप कैयौं यातायातकर्मी पनि हड्तालमा उत्रिएका छन् भने अर्कोतर्फ विद्यार्थीहरूले बाटोमा अवरोध उत्पन्न गर्दा सयौं सवारी साधनहरू शहरका बिभिन्न सडकमा अलपत्र परेका थिए। कैयौं मानिसहरूले गन्तब्यमा पुग्न रिक्सा समेत नपाएको र लामो समय पैदल हिड्न बाध्य भएको गुनासो गरेका थिए। सरकारले विद्यार्थीहरूको जारी प्रदर्शनलाई निस्तेज पार्ने उद्देश्यले बिहीवार सबै शैक्षिक संस्थाहरू बन्द गरेको थियो। तर त्यसले सरकारलाई कुनै लाभ दिएको देखिएन। बरू क्याम्पस र विश्वविद्यालयका छात्रछात्राहरूले बिभिन्न स्कुलका विद्यार्थीहरूको प्रदर्शनमा सहभागी भएर समर्थन जनाए। एकजना प्रदर्शनकारी नज्मुल हुसैनले भने, हामीले केही दिनदेखि हाम्रा मागहरूलाई लिएर सडकमा प्रदर्शन गरिरहेका छौं। हामी बसको ठक्करबाट मारिएका कलेजका दुईजना विद्यार्थीको मृत्यको घटनामा न्याय र सडक सुरक्षा चाहन्छौं। प्रदर्शनकारी विद्यार्थीहरूले सडकमा सवारी चालक अनुमपति पत्र समेत जाँच्ने गर्छन्। शहरका बिभिन्न भागमा प्रहरीको उपस्थिति छ।

तर सडकमा हम्मेसी उनीहरू उपस्थिति देखिन्न्। ढाकाको मीरपुरमा भने प्रदर्शनकारी र प्रहरीबीच तनावपूर्ण अवस्था श्रृजना भएको थियो। शहरमा सार्वजनिक बस सेवा चलेको देखिन्न। निजी कारहरू पनि सडकमा विरलै निस्किने गरेका छन्। निस्किएका त्यस्ता सवारी साधनले पनि सडक अवरोधको सामना गर्नु परेको छ। ढाकाबाट लामो दुरीका कुनै पनि बस सेवा चलेका छैनन्। यातायातकर्मीले सुरक्षाका कारण बस सेवा रोकेको बताएका छन्।

Satkar Media House
Leave A Reply

Your email address will not be published.