नेपालमा थप १३ जनामा कोरोनाको नयाँ भाइरस पुष्टि

फागुन २, काठमाडौं । नेपालमा थप १३ जनामा कोरोनाभाइरसको नयाँ प्रजाति देखिएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण पौडेलका अनुसार दुई हप्ताअघि मुक्तिनाथ दर्शन गरी पोखरा हुँदै काठमाडौं आएका एक नेपालीमा नयाँ प्रजातिको भाइरस भेटिएपछि तीनको सम्पर्कमा आएका १२ जनाको नमुना परीक्षण गरिएको थियो । शनिबार १२ जनाकै नतिजामा नयाँ प्रजातिको भाइरस पुष्टि भएको डा। पौडेलले बताए ।

नेपालमा पहिलोपटक गएको पुस २७ गते तीनजनामा युके भेरिएन्ट पुष्टि भएको थियो । उनीहरू सबै बेलायतबाट फर्किएका थिए । नयाँ प्रजातिको कोरोनाभाइरस पहिचानका लागि जिन सिक्वेन्सिङ गर्नुपर्ने भए पनि नेपालमा यो परीक्षणा सेवा उपलब्ध नभएका कारण यसअघि तीनजनाको नमुना परीक्षणका लागि हङकङ पठाइएको थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.