यस्ता लक्षण देखिए एलर्जी भएको हुनसक्छ

एजर्ली तब हुन्छ जब शरीर कुनै पदार्थप्रति प्रतिक्रिया गर्न थाल्दछ। एजर्ली सामान्यदेखि जटिल समस्या बनेको हुनसक्छ।

एजर्ली विभिन्न प्रकारको हुन्छ। सामान्यत आम रुपमा एजर्ली  हुने कारणहरु यस्ता छन्ः

– हावामा भएका फुलका पराग, माटोका कण, जनावरका भुवा वा धुलोका कारणले हुन्छ।

– यदि हामीले कुनै चीज छुँदा जस्तो कि धातु, वनस्पतिक दुध वा रसायनले पनि एलर्जी हुन सक्छ।

– केही खानेकुरा अण्डा, मेवा, दुध, सोया, गहुँ जस्ता खानेकुराले पनि कसैलाई एलर्जी हुन सक्छ।

– झिंगा, कमिला, मौरी,बारुलाले टोक्यो भने पनि एलर्जी हुन्छ।

– केही मानिसलाई औषधिको प्रयोगले पनि एलर्जी हुनसक्छ।

– केही मानिसहरुलाई कहिलेकाँही कपडाका कारणले पनि एलर्जी हुनसक्छ।

एलर्जीबाट पुरै मुक्त हुन गाह्रो छ तर यसलाई उपचार गरी कम गर्न सकिन्छ। सबैभन्दा उत्तम उपाय भनेको जुन चीज, खाद्य पदार्थले हामीलाई एलर्जी गराउँछ ती कुराबाट परै बस्नु नै हो।

लक्षण
एजर्लीको  सबैभन्दा सामान्य लक्षण भनेको छालामा रातो रातो डावर आउनु, ससाना दाना आउनु, घाँटी खसखस हुनु वा सास फेर्न समस्या हुनु हो।

अन्य लक्षण एलर्जीको कारणमा भर पर्छ। जस्तो:

– नाक चिलाउनु, नाक बन्द हुन वा पानी बग्नु।
– हाच्छिउ आउनु, आँखा चिलाउनु,रातो हुनु, सुन्निनु, पोल्नु वा आँखाबाट आँशु बग्नु।
– स्वाद अथवा गन्ध गुम्नु
– टाउको दुख्नु,
– वाकवाकी लाग्नु वा वान्ता हुनु
– पेट दुख्नु वा पेट बर्टानु
– पिनास हुनु
– मुखको वरिपरी सुन्निनु पा खानेकुरा निल्न समस्या हुनु।

यदि यस्ता लक्षणहरु देखिएको छ भने चिकित्सकलाई देखाउनुपर्छ। छाला र रगतको ल्याव परीक्षण गर्नु आवश्यक हुन्छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.