जनकपुर साहित्य महोत्सवको दोस्रो संस्करण फागुनमा

फागुन १, काठमाडौँ । फोन पे जनकपुर साहित्य महोत्सवको दोस्रो संस्करण हुने फागुनमा भएको छ । आयोजक संस्था नव मिथिला फाउन्डेसन र सह–आयोजक बुकहिल पब्लिकेसन तथा सानो पाइलाका अनुसार उक्त महोत्सव दोस्रो संस्करण फागुनमा हुन लागेको हो ।

फागुन १९ देखि २२ गतेसम्म मिथिला नगरी जनकपुरमा हुने महोत्सवमा साहित्य, संगीत, सिनेमा, संस्कृति, सभ्यता, राजनीतिलगायत विषयका १५ सत्रमा ४५ जना वक्ताहरू सहभागी हुनेछन् । १५ जना सहजकर्ताले प्रश्न सोध्ने आयोजकले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । “जनकपुर क्षेत्रको उत्थान, साहित्य, सभ्यता र संस्कृतिको प्रचारका निम्ति यो महोत्सवले दूतको काम गर्नेछ,” घोषणा सभामा प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले भने, “जनक, जानकी, याग्यवल्क्य र विधापतिको सहरका एतिहासिक, पौराणिक, धार्मिक धरोहरको प्रवर्धनका लागि पनि जनकपुर साहित्य महोत्सवले अहम भूमिका खेल्नेछ ।”

साहित्य महोत्सवका निर्देशक संचारकर्मी दिलभूषण पाठकले महोत्सवले साहित्य–पर्यटनका साथै नेपालीलाई जोड्न मद्दत गर्ने बताए । “सामाजिक मूल्य–मान्यता र नैतिकता हराउँदै गैरहेका बेला यो साहित्य महोत्सवले सबै वर्गका पाठक र आम जनमानसलाई विभिन्न बहसमा सहभागी गराएर जनकपुरले एकताको सूत्रमा जोड्नेछ र देशको पठन संस्कृतिमा केही योगदान दिनेछ ।”

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.