आज जनयुद्ध दिवस : प्रचण्ड-नेपाल समूहले मनाउने, ओली समूहको वहिष्कार

फागुन १, काठमाडौं । नेकपाको प्रचण्ड नेपाल समूहले आज फागुन १ गते जनयुद्ध दिवस मनाउँदैछ । यस संगठनले तत्कालिन नेकपा माओवादीले थालेको जनयुद्ध ०५२ साल फागुन १ गते सुरु भएको सन्दर्भमा आज जनयुद्ध दिवस मनाउन लागेको हो । हरेक वर्ष नेकपाले यस दिनलाई जनयुद्ध दिवसको रुपमा मनाउँदै आएको छ।

जनयुद्ध दिवस भव्यताका साथ मनाउनका लागि समूहले पार्टीका जिल्ला कमिटीहरुलाई शुक्रबार ने सर्कुलर जारी गरेको थियो। यस्तै विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पनि ‘जनयुद्ध दिवस’ मनाउने भएको छ । उता मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले पनि जनयुद्ध दिवसलाई मनाउँदै छ। यता प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाले भने जनयुद्ध दिवस नमनाउने भएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.