पहिरोका कारण सिन्धुपाल्चोक हेलम्बु गाउँपालिकामा यातायात अवरुद्ध

साउन २०, सिन्धुपाल्चोक । हिजो बेलुकादेखि लगातार परेको भीषण पानीका कारण सिन्धुपाल्चोकको विभिन्न स्थानमा पहिरो गएको छ ।

भीषण पानीको कारण हेलम्बु गाउँपालिका अन्तरगत पर्ने तिम्बु मेलम्ची सडक खण्ड २ नम्बर वडाको किउल श्री भुमेस्वरी उ.मा. बि. देखि गणेशे बगरसम्म गएको ३ वटा पहिरोका कारण हेलम्बु यातायातका बस र स्कुल बस लगायत सम्पुर्ण यातायातका साधन अबरुद्ध भएको छ । त्यस्तै पाँचपोखरी थङ्पाल गाउँपालिका १ साबिकको बासखर्क ८ मा पनि गएराती पहिरो गएको छ। पहिरोको कारण २÷३ घर उच्च जोखिममा रहेको छ भने २५ भन्दा बढि घर प्रभावित हुने सम्भावना रहेको स्थानीय श्रेय तामाङले प्रारम्भ खबरलाई जानकारी दिएको छ ।

स्कुल बस, लगायत सम्पुर्ण यातायातका साधन अबरुद्ध भएपछि विद्यार्थी र सर्वसाधारण यात्रुहरु अलपत्र परेको जानकारी दिदै हेलम्बु गाउँपालिका ६ का स्थानीय नरेश थापाले मेलम्ची खानेपानीको बाटो सफा गर्ने जेसिभी ल्याएर बाटो सफा गरी पुनः प्रयोगमा ल्याउन सहयोगरी सेवा प्रवाह गर्ने तयारी रहेको बताए । तत्काल पहिरोको अवस्था बुझी समस्याको समाधान गर्न सहयोग गराउन त्यहाँका स्थानीयहरुले सम्बन्धित निकायलाई अनुरोध समेत गरेका छन् ।

Satkar Media House
Leave A Reply

Your email address will not be published.