डा. शर्माले चौथौ पटक सिजरिङबाट एक महिलाको सफलतापूर्वक प्रशुति गराइन

माघ २५, काठमाडौँ । आफैमा निकै जटिल मानिने चौथौ सिजरिङबाट नर्भिक अस्पतालमा बैतडीकी एक महिलाले स्वस्थ बच्चा जन्माएकी छन् ।

बरिष्ठ प्रशुति तथा स्त्री रोग बिशेषज्ञ एवं ल्याप्रस्कोपिक सर्जन डा.नुतन शर्माले शुक्रवार नर्भिक अस्पतालमा बैतडीकी ३७ वर्षिय निरा बोहोराको चौथौ शल्यक्रिया मार्फत प्रशुति गराएकी हुन । पहिलो र दोश्रो पटक प्रसुती गृहमा सिजरिङबाट जन्मिएका बच्चाहरू खेर गएका थिए । बोहराको तेस्रो पटक पनि सिजरिङबाट बच्चा जन्मिएको थियो । तेश्रो पटक बच्चा जन्माउँदा पनि डा शर्मालेनै बोहोराको शल्यक्रिया गरेकी थिइन् ।

सामान्यतः एक पटक शल्यक्रिया मार्फत प्रशुति भएमा आमा र बच्चाको स्वास्थ्यमा जोखिम हुने भएकाले अर्काे पटक पनि सिजरिङबाट नै प्रशुति गराउनु सुरक्षित मानिने चिकित्सकको भनाई छ । ’मलाई चौथो पटकपनि सिजरिङबाट बच्चा जन्माउन सकिन्छ भन्ने थाहा थिएन । तर अहिले म साह्रै खुशी छु । दुई पटकसम्मको खेर गएको थिया े।’उनले भनिन’तेस्रो पटक बच्चा भएपछि मलाई हुँदैन भन्ने लागेको थियो । डा नुतनको मिहिनेतले मैले दुई सन्तान पाए । उहाँ मेरा लागि भगवान जस्तै हुनुभएको छ ।’

चौथो पटक सिजरिङ गरेर बच्चा जन्मिनु दर्लभ घट्ना रहेको डा नुतन शर्माको भनाइ छ । सामान्यतः नर्मल डेलिभरीबाट बच्चा जन्मिनु आमाको स्वास्थ्यका लागि राम्रो हो तर गर्भावस्थामा बच्चाको स्वास्थ्य अवस्था, आमाको स्वास्थ्यमा देखिएको जोखिम जस्ता कुराको आंकलन गरेर बाध्यात्मक अवस्थामा हामीले शल्यक्रियाबाट प्रशुति गराउदँछौ डा. शर्माले भनिन तर तेस्रो पटक शल्यक्रिया भएका महिलाले बच्चा पाउन सक्दैनन भन्ने गलत मान्यतालाई हामीले सम्भव बनाएका छौ ।

’दुई वटा बच्चा खेर गएपछि तीन वर्ष अघि उहाँ बच्चा जन्माउने योजना लिएर आउनुभएको थियो । उहाँको तेश्रो बच्चा सफलपुर्वक जन्मियो । उहाँलाई चौथो पनि जन्माउने रहर एवं पारिवारिक बाध्यता थियो ।’डा. शर्माले भनिन,’सामान्यतया तीन पटकसम्म सिजरिङ हुन्छ । तर कतिपय अवस्थामा यो भन्दापनि बढि हुनसक्छ भन्ने प्रमाणित भएको छ ।’ अहिले आमा र बच्चा दुवैको अवस्था सामान्य रहेको डा. शर्माले बताइन ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.