गुम्बा बिहार पुर्ननिर्माणको जिम्मा राज्यले लिनुपर्छः पूर्व मन्त्री तामाङ

साउन १९, नुवाकोट । गुम्बा तथा बिहारको पुर्ननिर्माणमा भएको गतिरोध अन्त्य गर्न आयोजित कार्यक्रममा बोल्दै पूर्व मन्त्री तथा सांसद हितबहादुर तामाङले भूकम्प प्रभावित गुम्बा बिहार पुर्ननिर्माणको जिम्मा राज्यले लिनुपर्ने बताएका छन् ।

आज नेपाल गुम्बा बिहार संरक्षण संघ नुवाकोटले आयोजना भएको कार्यक्रममा सांसद तामाङले नुवाकोटको जनप्रतिनिधिको रुपमा आफुले जनताको माग अनुसार बुद्ध धर्मको आस्था र केन्द्रको पुर्ननिर्माण कार्यमा सक्रियताका साथ लागिरहेको र भविश्यमा पनि लागिरहने प्रतिबद्धतता व्यक्त गरे । विश्व शान्तिका प्रतीक गौतम बुद्ध भएको राष्ट्रको रुपमा विश्वले नै मान्दै आइरहेको र गौतम बुद्धकै प्रतिमूर्तिको चिनारीका साथ स्थापित गुम्बा, बिहार तथा स्तूपाहरुको पुर्ननिर्माण कार्यलाई ढिला नगर्न सरकारलाई आग्रह गरे ।

त्यस्तै सो कार्यक्रममा नेपाल गुम्बा बिहार महासंघका केन्द्रिय सचिव दीपक दोर्जे लामाले क्षतिग्रस्त गुम्बाहरु निर्माणको क्रममा सरकार र कर्मचारी प्रशासनबाट निरन्तर असहयोग हुदै आएकोमा आक्रोश व्यक्त गरे । उनले यस विषयमा सरकारले उदासिनता देखाएको भन्दै निर्माण कार्य अगाडी बढाउन शसक्त आन्दोलनको लागि एक जुट हुन आग्रह गरे ।

जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले भूकम्पपछिको पुर्ननिर्माणमा आर्थिक चलखेलका लागि राजनीतिकरण गरिएको बताउँदै पुर्ननिर्माण प्रक्रिया अगाडी बढाउन एकजुट भएर लाग्न आग्रह गरे । कार्यक्रममा गुम्बा बिहार महासंघका केन्द्रिय सचिव तथा नेपाल गुम्बा बिहार संरक्षण संघ नुवाकोटका अध्यक्ष जीतबहादुर लामाले सबै बौद्ध धर्मलम्बी लामा गुरुहरु र धार्मिक संघसंस्थाहरु एकजुट भएर अगाडी बढ्न आग्रह गरे ।

सांस्कृति, धार्मिक तथा ऐतिहासिक सम्पदा ३ वर्ष वितिसक्दा पनि नेपालको राजनीतिक अस्थिरताका र सरकार परिवर्तनका कारण पुर्ननिर्माण कार्य कागजी प्रकृयामै सिमित छन् ।  त्यस्तै भूकम्पबाट प्रभावित १४ वटा जिल्लाका गुम्बा विहार पुर्ननिर्माणका लागि एन.आर.एनले पठाएको अनुदान समेत सरकारले रोकेर राख्दा निर्माण कार्य अन्यौलमा छन् । नेपाल सरकार संघिय मामिला एवम् स्थानिय विकास मन्त्रालय अन्र्तगत बौद्ध दर्शन प्रर्वद्धन तथा गुम्बा विकास समिति र संघिय मामिला तथा स्थानिय विकास मन्त्रालय केन्द्रिय आयोजना कार्यान्वयन इकाई र राष्ट्रिय पुननिर्माण प्राधिकरण तथा एन.आर.एनले आर्थिक वर्ष २०७३÷०७४ को लागि पुर्ननिर्माणको बजेट व्यवस्था गरी निर्माण अगाडी बढाउन २५ जिल्लामा ९९३ वटा गुम्बा बिहार पुर्ननिर्माण गर्ने गरि पत्रसमेत दिए पनि उक्त कार्य अगाडी बढ्न नसकेको नेपाल गुम्बा विहार महासंघका प्रतिनिधिहरु बताउँछन् ।

Satkar Media House
Leave A Reply

Your email address will not be published.