पाँचवटा प्रदेशमा आज हल्का वर्षाको सम्भावना

माघ २३, काठमाडौं । काठमाडौंको आजको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस रहेको छ । विहान साढे ६ बजेको तापक्रम ५ डिग्री सेल्सियस मापन गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

दिउँसो काठमाडौंको मौसम बदली हुने छ भने तापक्रम १६–१८ डिग्री सेल्सियस पुग्ने अनुमान गरिएको मौसमविद् मीन कुमार आर्यालले जानकारी दिए । विहान सुदूरपश्चिम, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा सामान्य वदली रहेको छ भने वाग्मती प्रदेशमा आंशिक बदली रहेको छ । यो प्रणाली पूर्वतर्फ सर्ने क्रममा रहेको र दिउँसोसम्म काठमाडौं आइपुग्ने अर्याल बताउँछन् । “पश्चिमम नेपालमा रहेको प्रणाली केही छिटो काठमाडौं हुँदै पूर्वतर्फ सर्नुपर्ने हो तर केही ढिला भइरहेको छ,” मौसमविद् अर्याल भन्छन्, “तर, आज दिउँसोसम्म काठमाडौं आइपुग्छ ।”

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा प्रदेश १ र वाग्मती प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने संभावना रहेको आर्यालले बताए । देशका उच्च पहाडी र हिमाली भू–भागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ । यस्तै आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र वाग्मती प्रदेशका पहाडी भू–भागका धेरै स्थान तथा प्रदेश १ का केही स्थानमा हल्का वर्षाको संभावना रहेको छ ।

देशका उच्च पहाडी र हिमाली भू–भागका धेरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको आर्यालले जानकारी दिए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.