भिम लामा ।
साउन १९, काठमाडौं । महानगरीय प्रहरी बृत्त नयाँ बानेश्वरका प्रमुख प्रहरी नायव उपरिक्षक गोबिन्द राज काफ्लेले नागरिकको सुरक्षामा प्रहरी संगठन सधै प्रतिबद्धता रहेको बताए । अपराध नियन्त्रणका लागि नागरिकले सहि सूचना उपलब्ध गराउन आम नागरिकलाई आग्रह गरेका छन् ।
टोल–टोलमा प्रहरी अभियान अन्र्तगत महानगरीय प्रहरी प्रभाग कोटेश्वरले आयोजना गरिएको ¥याली तथा कार्यक्रममा बृत्त प्रमुख काफ्लेले प्रहरीको यस अभियानले सभ्य समाज निर्माणमा महत्वपूर्ण भूमिका निभाउने भएकाले समाजमा घट्ने विभिन्न खालका अपराध अब छिटै अन्त्य हुने बताए । उनले उक्त अभियान प्रहरी र नागरिकवीच निकटतम सम्बन्ध स्थापित गर्ने र अब नागरिकका मुद्धाहरु सरल र सहज रुपमा हेर्ने वातावरण निर्माण भएको जिकिर गरे । समुदाय र प्रहरीको सहकार्य तथा समन्वययमा अपराधजन्य समस्याको पहिचान र समाधान गरी अपराधको दर घटाई जनतामा सुरक्षाको प्रत्यभूतिको विश्वास दिलाउन यस अभियानले सार्थकता प्रदान गर्ने बानेश्वर बृत्त प्रमुख काफ्लेको भनाई छ । पीडितलाई न्याय र सुविधा प्रदान गराउन प्रहरी सधै सकारात्मक रहेको बताउँदै प्रहरी नायव उपरीक्षक काफ्लेले प्रहरीसंग प्रत्यक्ष रूपमा पीडित आउन नसकेको र विचमा मुद्दा मिलाइदिने बन्दै रकमको चलखेल गर्नेहरुबाट होशियार हुन र सचेत बन्न आम नागरीकलाई अनुरोध गरे ।
त्यस्तै महानगरिय प्रहरी प्रभाग कोटेश्वरका प्रमुख प्रहरी निरीक्षक राजु लामाले कार्यक्रमको उद्देश्यलाई प्रकाश पार्दै बालबालिकादेखि आम नागरिकलाई सुरक्षा सम्बन्धि जानकारी तथा समाजमा घट्ने हरेक खालको अपराधिक गतिविधि नियन्त्रणमा सबैले सहयोगीको भूमिका निर्वाह गर्न आग्रह गरे । प्रहरी निरीक्षक लामाले विकृति रोकथाम र त्यसबाट कसरी बच्ने भन्ने बिषयमा जानकारी भएमा समाजमा हुने त्यस प्रकारका घटना न्यूनिकरण हुने उल्लेख गरे । भयरहित, सुरक्षित र शान्तिपूर्ण समाजको स्थापना, प्रहरीसंग रहेको स्रोत, साधन र जनशक्तिको प्रयोग गरि प्रहरी र समुदायबिचको समन्वय र सहकार्यमा प्रत्यक्ष जनताको घरदैलोमा पुगी प्रभावकारी रुपमा प्रहरी सेवा प्रदान गर्ने उद्देश्य अभियानको रहेको प्रहरी निरिक्षक लामाले जनाए । प्रहरीको यो अभियानले प्रहरी टोलटोलमा पुग्दा नागरिकहरु सुरक्षाको प्रत्यभुती गर्न सकिने र निर्धक्क भएर प्रहरीसंग खुलेर समस्या बताईदिने हुदाँ प्रहरीलाई अनुसन्धानका लागि थप सहयोग मिल्ने समेत बताए ।
आज भएको मानव बेचबिखन तथा ओसार–प्रसार घरेलु हिंसा सम्बन्धि बृहत जनचेतनामुलक ¥यालीमा विभिन्न शैक्षिक संस्थाका विद्यार्थी, शिक्षक, पत्रकार र सामाजिक संघसंस्थाका प्रतिनिधिहरुको सहभागी रहेका थिए ।