दोलखामा कोरोना खोप लगाएका कसैलाई जटिल समस्या देखिएको छैन-स्वास्थ्य मन्त्रालय

माघ १७, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दोलखा जिल्लामा कोभिड(१९ विरुद्दको खोप लगाएका कसैलाई जटिल समस्या नदेखिएको जनाएको छ।

केही संचारमाध्यमा ‘दोलखामा कोरोनाको खोप लगाएपछि धमाधम बिरामी’ भन्दै विभिन्न संचारमाध्यममा आएका समाचारप्रति स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण भएको भन्दै खोप लगाएका कसैलाई जटिल समस्या नदेखिएको स्पष्ट पारेको छ। मन्त्रालयले उक्त समाचार प्रकाशित,प्रसारण भएपछि त्यहाँको विवरण बुझेको जानकारी दिँदै कसैलाई पनि कुनै जटिल प्रकारको समस्या नदेखिएको जनाएको हो। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले खोप सम्बन्धि समाचार बनाउँदा आधिरकरिक स्रोत र पुष्टि नभएसम्क त्यस्ता किसिमका समचार प्रशासन र प्रसारण नगर्न अनुरोध गरेका छन्।

प्रवक्ता गौतमले खोप पश्चात अवाञ्छित घटनाको अनुगमन तथा व्यवस्थापनका लागि देशभरीबाटै विज्ञ चिकित्सकहरु परिचालन गरिएको मन्त्रालयले समेत स्पष्ट पारेका छन्।

हरेक अस्पतालहरुमा संभाव्य घटनाहरुको व्यवस्थापनका लागि आवश्यक टिम तथा औषधिहरुको समुचित व्यवस्थापन गरिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार खोप लगाएका केही व्यक्तिहरुमा सामान्य असरहरु देखिएपनि ती असरहरु केही समयपछि आफै निको भएको छ। यद्यपि हालसम्म कसैलाई पनि जटिल स्वास्थ्य समस्या नदेखिएको छैन। ढुक्क भएर खोप लगाउन मन्त्रालयले सबैमा आग्रह गरेको छ।

वृद्धाश्रम र कारागारमा रहेका लक्षित व्यक्तिहरुलाई खोप लगाउनका लागि खोपको उचित तापक्रम सुनिश्चित गरी सम्बन्धित संस्थामै गएर लगाउने व्यवस्था मिलाउन पनि मन्त्रालयले खोप समन्वय तथा अनुगमन समिति र स्वास्थ्य कार्यालयहरुलाई मन्त्रालयले आग्रह गरेको छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.