कोठा बस्नेलाई बलात्कारको प्रयास आरोपमा घरबेटी पक्राउ

माघ १४, कञ्चनपुर । आफ्नो घरमा कोठा बस्दै आएकी किशोरीमाथि बलात्कार प्रयास गरेको आरोपमा घरबेटी पक्राउ परेका छन् ।

भीमदत्त नगरपालिका– ३ भाँसीका ४८ वर्षीय घरबेटी पुष्पराज जोशीलाई प्रहरीले पक्राउ गरेको हो । उनले आफ्नै घरमा कोठा बसेकी १७ वर्षिया किशोरीलाई बलात्कार प्रयास गरेको आरोप छ। किशोरीको भाइ कोठामा नभएको बेला माघ १२ गते राति जोशीले किशोरीमाथि बलात्कार प्रयास गरेको भन्दै किशोरी किटानी जाहेरी दिएपछि पक्राउ गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.