साउन १८, काभ्रे । भूकम्प प्रभावित गुम्बा÷विहारहरुको संरक्षण तथा पुनःनिर्माण कार्यमा सरकारले कुनै चासो नलिएको भन्दै बौद्ध धर्मलम्बीहरुले गुणासो गरेका छन् । भूकम्प गएको ३ वर्ष बितिसक्दा पनि प्रभावित गुम्बा÷बिहारहरुको जीर्णोद्वार तथा पुःनिर्माणमा कुनै कदम नचालेको भन्दै संघर्ष समिति समेत तयार गरी आन्दोलनमा छन् ।
शुक्रबार गुम्बा बिहार संरक्षण संघ काभ्रेले बनेपामा आयोजना गरिएको अन्र्तक्रिया कार्यक्रममा अधिकंश वक्ताहरुले भूकम्पले क्षति पु¥याएको गुम्बा विहारहरुको संरक्षण तथा पुर्ननिर्माण कार्यमा सरकारको ध्यान केन्द्रित गराएका थिए । गुम्बा विहार सुन्दरताको प्रतीक, सांस्कृतिक, धार्मिक तथा ऐतिहासिक पक्षले समेत सबै मानव जातीलाई लोभ्याउने पवित्र रुपमा रहदै आएको भन्दै पुनःनिर्माण तथा संरक्षणमा कुनै पनि कसूर बाँकी राख्न नहुने बताए । दाताहरुले दिइएको रकम समेत रोकेर राखेको भन्दै संघर्ष समितिका केन्द्रिय सल्लाहकार सार्कीमान लामाले दाताहरुले दिएको रकम सरकारले रोकेर राख्न नपाउँने बताएका छन् । उनले धर्म र आस्थामा कोही कसैले राजनीतिक दृष्ट्रिकोणले हेर्न नहुने बताए । भूकम्प गएको ३ वर्ष बितिसक्दा पनि गुम्बा पुर्ननिर्माणमा सरकारले कुनै पनि चासो नदिदाँ बौद्ध धर्मलम्बीहरुमाथी नै अन्याय गरेको आरोप लगाए । उनले भने–‘ एनआरन लगायत विभिन्न दाताहरुले दिइएको बजेट निकासा नगर्ने भए दाता सम्मेलन गर्ने अनुमति दिन माग गरे । बौद्ध, स्तूपा, बिहार, चैत्य तथा विभिन्न धार्मिक ऐतिहासिक सम्पदाहरुको संरक्षण र निर्माण कार्यमा जोडबल पु¥याए देशको आर्थिक स्थितिमा पनि परिवर्तन आउने बताए ।
त्यस्तै कार्यक्रममा बोल्दै काभ्रेका प्रतिनिधि सभा सदस्य गंगाबहादुर तामाङले पुर्ननिर्माण कार्यमा ढिलाई नहुने बताए । काभ्रे जिल्लाको भूकम्प पीडितहरुले निजि आवास निर्माणका लागि पाउनुपर्ने अनुदान र बाँकी निर्माण चरणमा रहेकाहरुलाई पनि तिब्र रुपमा कार्य अगाडी बढाउन अह्वान गरे । तर सांसद तामाङले गुम्बा विहारलाई भन्दा पहिला मानव आवासको बारेमा सोच्नु पर्ने बताए । उक्त भनाईप्रति आपत्ति जनाउँदै सहभागी लामा गुरु तथा धर्मलम्बीहरुले गुम्बा बिहार पुर्ननिर्माण कार्यलाई पनि यथासिघ्रा अगाडी बढाउनु पर्ने र गुम्बा बिहार पुर्ननिर्माणका नाममा सहयोग आएको रकम कुनै पनि बहाना गरेर रोकेर राख्न नहुने बताए ।
कार्यक्रममा नेपाली कांग्रेस काभ्रेका जिल्ला सभापति मधु आचार्यले धर्मको सुन्दरतालाई बचाउनका लागि संरक्षण संघले गरेको कार्यलाई प्रसंशाका गर्दै सम्बन्धित ठाउँहरुमा शान्तिपूर्ण रुपमा आवाज पु¥याउन जरुरी रहेको बताए । उनले धर्म र धार्मिक आस्थाका विषयमा गहिरिएर बुझ्दा पाठशाला पनि पाएको जिकिर गर्दै नेपालका जति पनि गुम्बा विहारहरुको संरक्षणमा राज्यले पनि महत्वका साथ हेर्नु पर्ने बताए ।
दुई वर्षभित्र सम्पन्न गरिने भनिएको निजि आवास, सांस्कृति, धार्मिक तथा ऐतिहासिक सम्पदा ३ वर्ष वितिसक्दा पनि नेपालको राजनीतिक अस्थिरताका र सरकार परिवर्तनका कारण पुर्ननिर्माण कार्य कागजी प्रकृयामै सिमित छन् । त्यस्तै भूकम्पबाट प्रभावित १४ वटा जिल्लाका गुम्बा विहार पुर्ननिर्माणका लागि एन.आर.एनले पठाएको अनुदान समेत सरकारले रोकेर राख्दा निर्माण कार्य अन्यौलमा छन् । नेपाल सरकार संघिय मामिला एवम् स्थानिय विकास मन्त्रालय अन्र्तगत बौद्ध दर्शन प्रर्वद्धन तथा गुम्बा विकास समिति र संघिय मामिला तथा स्थानिय विकास मन्त्रालय केन्द्रिय आयोजना कार्यान्वयन इकाई र राष्ट्रिय पुननिर्माण प्राधिकरण तथा एन.आर.एनले आर्थिक वर्ष २०७३÷०७४ को लागि पुर्ननिर्माणको बजेट व्यवस्था गरी निर्माण अगाडी बढाउन २५ जिल्लामा ९९३ वटा गुम्बा बिहार पुर्ननिर्माण गर्ने गरि पत्रसमेत दिए पनि उक्त कार्य अगाडी बढ्न नसकेको नेपाल गुम्बा विहार महासंघका प्रतिनिधिहरु बताउँछन् ।