सार्वजनिक जग्गा मिचेर मुलपानीमा नीजि घर बनाउँदै

माघ १३, काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिका स्थित दक्षिणढोका नमूनाचोक मूलपानी वडा नं.– ६ (साविक मूलपानी गा.वि.स.वडा नं. ८) मा सार्वजनिक जग्गा मिचेर एक व्यक्तिले नीजि आवास निर्माण गरेको छ ।

सार्वजनिक जग्गामध्ये २ आनाभन्दा बढि मूलपानीमा रहेको नेपाल क्रिकेट खेल मैदानको जग्गा मिचेर घर बनाईरहेको स्थानीयहरुको आरोप छ । अमूल थापा नाम गरेका व्यक्तिले आफ्नो २.५ आना जग्गामा नगरपालिकाको मापदण्ड विपरीत ४ तले घर बनाएको छ । भवन निर्माण मापदण्ड २०७५ कागेश्वरी मनोहरा नगरपालिका निर्देशिका विपरीत घर निर्माण गरेको उक्त घर केही समय अगाडी स्थानीयको अवरोधपछि नगरपालिकाको न्यायिक समितिबाट रोक्का भएको भन्ने सूचना छ तर अमूल थापाले भने न्यायिक समितिकै निर्णयलाई धज्जि उडाउँदै ४ तले घर ठड्याईरहेको छ ।

नगरपालिकाको स्वीकृति विपरीत निमार्ण भईरहेको घर

कि.नं. २६६७ रहेको २.५ आना जग्गामा थापाले ४ तले घर बनाउँदा राष्ट्रिय क्रिकेट खेल मैदानको लगभग २ आना जग्गा परेको स्थानियको आरोप छ । पश्चिम पट्टिको मानव बस्ती र पूर्वपट्टि क्रिकेट खेल मैदान (क्यान) लाई समेत अवरोध पु¥याउने गरी घर निर्माण गरेको विशेष सूचनाको आधारमा हाम्रो टोली स्थलगत भ्रमण तथा सम्बन्धित नगरपालिका पुग्दा थापाले २ तले मात्र घर बनाउन पाउने गरी स्वीकृत प्राप्त गरेको बुझ्न आएको छ । तर उनले नगरपालिकाले बनाएको मापदण्डलाई नै खिल्ली उडाएर त्यस स्थानमा ४ तले ढलान घर बनाईरहेको छ । पश्चिम दिशाको सडकलाई छोड्नुपर्ने मापदण्डलाई समेत वेवास्ता गरी घर निर्माण गरेको छ । मापदण्डमा ५ फिट जग्गा छोड्नुपर्ने उल्लेख छ ।

सोही क्षेत्रमा उनले कि. नं. ४६४ मा ३ तले ढलानको अर्को घर समेत बनाई बिक्रिको लागि बैना लिएको खुल्न आएको छ । बिक्रि गर्न लागेको सो घर पनि नगरपालिकाको मापदण्डविपरीत रहेको बुझ्न आएको छ । नगरपालिकाको मापदण्डअनुसार २.५ आना जग्गामा १४९६ स्क्वार फिटभन्दाबढि बनाउन नपाउने तर सो घर भने २५ सय स्क्वार फिटमा निर्माण भईरहेको छ ।
क्यानको २९४ रोपनी जग्गा  केही भु–माफियाहरुको अतिक्रमणबाट अहिले २०० रोपनी मात्र बाँकी रहेको खुल्न आएको छ ।

क्रिकेट खेल मैदान (क्यान) जग्गा १३ फिट बाटो छोडेको छ । क्यानको जग्गा अन्र्तगत ५२ आना स्थानीयको नीजि जग्गा परेकोले त्यसलाई सट्टापट्टा गरी भर्ना गरिसकेको भएपनि क्यानकै जग्गा अतिक्रमण गरिरहेको छ । अमूल थापाले आफ्नो नीजि घर बनाउन खेलकुद मैदानकै ४ ओटा पिलार समेत काटेको नगरपालिका विशेष स्रोतबाट खुल्न आएको छ । त्यस क्षेत्रमा २२ घर धुरीको खानेपानीको पोइन्ट समेत आफ्नो जग्गा भित्र पारेर स्थानीयहरुलाई समेत अन्याय गरिरहेको बताइएको छ ।

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.