ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गयो

माघ १३, काठमाडौँ । ट्याक्टर दुर्घटना हुँदा रुकुम पूर्वमा एक जनाको मृत्यु भएको छ । सोमबार राति सिस्ने गाउँपालिका‐५ रुमालबारामा दुर्घटना हुँदा १ जनाको ज्यान गएको हो भने अर्का एक घाएते भएका छन् । भूमे गाउँपालिका‐१ पाथिहाल्नेबाट डोजेरको बकेट बोकेर सिस्ने‐५ स्थित रुकुमकोट तर्फ आउँदै गएको लु ४ प ४१८५ नम्बरको ट्याक्टर अनियन्त्रित हुँदा दुर्घटना भएको हो ।

दुर्घटनामा परी ट्याक्टरका सह‐चालक २१ वर्षीय इन्द्रबहादुर बुढाथोकीको मृत्यु र चालक जीवन बुढाथोकी घाइते भएका प्रहरीले जनाएको छ । घाइते बुढाथोकीको नेपालगञ्जमा उपचार भइरहेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.