गृहमन्त्री थापा पनि प्रधानमन्त्रीकै लयमा, उनि भन्छन्– ‘संसद् पुनःस्थापनाको माग गर्नेहरु प्रतिगामी हुन्’
माघ १२, कालीकोट । गृहमन्त्री रामबहादुर थापा बादल पनि प्रधानमन्त्रीकै लयमा उभिएका छन् । अहिले प्रतिनिधिसभा विघटनपछि चर्किएको राजनीतिक विषय पेचिलो बन्दै गएको छ ।
संसद विघटन असंवैधानिक भएको र पुनःस्थापन गरी राजनीतिक स्थायित्व कायम गर्न विभिन्न राजनीतिक दल तथा मानवअधिकारवादीहरु सडकमा उर्लिरहेको बेला प्रधानमन्त्री केपी शर्मा आलीले गैरजिम्मेवारी ढंगबाट तर्क दिदै आएका छन् । प्रधानमन्त्रीले विघटनलाई असंवैधानिक भन्नेहरु सबै देश विरोध हुन् भन्ने जस्ता अभिव्यक्तिलाई लिएर राजनीतिक दल तथा मानवअधिकारवादीहरु गम्भीर आपत्ति व्यक्त गरेका छन् । आज मात्रै नेपाली काँग्रेसले प्रेस विज्ञाप्ती निकालेर प्रधानमन्त्रीको भनाईलाई खेद प्रकट गरेका छन् । त्यस्तै गृहमन्त्री रामबहादुर थापाले विघटित संसद् पुनःस्थापनाको माग गर्ने प्रतिगामी भएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले कालीकोटमा गरेको जनसभालाई सम्बोधन गर्दै उनले अहिलेको अवस्थामा संसद् पुनःस्थापना नहुने माग गर्ने प्रतिगामी भएको आवरोप लगाए।
उनले संविधानमा प्रधानमन्त्रीले संसद विघटन गर्ने स्पष्ट कानुनी व्यवस्था गरिएको र प्रधानमन्त्रीलाई काम गर्न नदिएपछि संसद् विघटन गरेर क्रान्तिकारी कदम चालिएको उल्लेख गरे। ताजा जनादेशका लागि निर्वाचनको घोषणा भइसकेकाले त्यसका लागि तयार हुन सबै राजनीति दललाई गृहमन्त्री थापाले आग्रह गरे। यसो त हाल सरकारमा व्यक्तिहरुबाटै लोकतन्त्रको धज्जि उडाएको पनि आम चासोको विषय बनेको छ । सत्ता र स्वार्थी प्राप्तका लागि जनताको मनोभावनामाथी खेलबाड गर्ने राजनीतिक दल तथा सरकार यतिखेर चौतर्फी अलोचना खेप्दै आएको छ ।

