सर्लाहीबाट पेस्तोलसहित एकजना पक्राउ

माघ ११, सर्लाही । सर्लाहीको कविलासीबाट प्रहरीले हतियारसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीको गोडैता नगरपालिका–८ का ५० वर्षीय अरुण मिश्र रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिए ।

मिश्रलाई कविलासी नगरपालिका–१०, चमेलीमाईबाट हतियारसहित पक्राउ गरिएको प्रहरी उपरीक्षक राठौरले जानकारी दिए । ‘‘उनको साथबाट ७।६५ एमएम लेखिएको एकथान पेस्तोल बरामद भएको छ । आवश्यक अनुसन्धान जारी छ,’’ प्रहरी उपरीक्षक राठौरले भने । छिमेकी देश भारतसँग खुला सिमाना रहेको प्रदेश नम्बर–२ का जिल्लामा आपराधिक गतिविधि गर्न पछिल्लो समय साना हतियार भित्रिने क्रम जारी रहेपछि प्रहरीले जिल्लाको सुरक्षा संयन्त्रलाई थप कडाइ गरेको छ । रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.