अश्लील आकृतिकाे केक बनाएको आरोपमा पक्राउ

माघ ७, काठमाडौँ । इजिप्टमा एकजना महिलालाई ‘अश्लील केक’ बनाएको आरोपमा केहीबेर पक्राउ गरिएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

ती केकका माथिपट्टि राखिएका फोन्डेन्ट आइसिङ्मा यौनाङ्ग तथा भित्री वस्त्र जस्ता देखिने आकृति रहेका थिए र राजधानी कायरोको एउटा स्पोर्ट्स क्लबमा आयोजित जन्मदिनको समारोहमा सो केक खाइएको थियो । त्यस फोटो भाइरल भएपछि बेकरलाई पक्राउ गरिएको थियो। उनलाई ३१९ डलरको जमानतमा पछि रिहा गरियो।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.