भरुवा बन्दुक पड्किँदा घाइते, छिमेकी पक्राउ

माघ ६, रोल्पा । रोल्पा नगरपालिका–९, फाल्जा बस्ने ४५ वर्षीया बरु पुनमगर छिमेकीले भरुवा बन्दुक पड्काउँदा लागेर गम्भीर घाइते भएकी छिन् ।

सोही ठाउँ बस्ने ३७ वर्षीय हस्तबहादुर पुनमगरले मृगलाई पड्काएको भरुवा बन्दुक मृगलाई नलागी जंगलबाट बाख्रा चराएर घर फर्कँदै गरेकी बरु पुनमगरलाई लागेको हो । जिल्ला प्रहरी कार्यालय रोल्पाबाट खटिएको प्रहरीले हस्तबहादुरलाई पक्राउ गरेको छ । गम्भीर घाइते भएकी बरु पुनलाई जिल्ला अस्पताल रेउघा हुँदै थप उपचारको लागि भैरहवा मेडिकल कलेज रिफर गरिएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.