श्रीमतीको मुक्का प्रहारबाट श्रीमानको ज्यान गयो

साउन १७, दोलखा । दोलखामा श्रीमतीको मुक्का प्रहारबाट श्रीमानको ज्यान गएको छ । श्रीमतीको मुक्का प्रहारबाट जिरी नगरपालिका ३ मालीका ५५ वर्षीया नाङ्गेल शेर्पाको ज्यान गएको हो ।

श्रीमान श्रीमतीबीच घरायसी विवाद हुँदा ५५ वर्षीया श्रीमती आङलुङ शेर्पाले नाकमा मुक्का प्रहार गर्दा नाङ्गेलको घटनास्थलमै ज्यान गएको हो । घटनापछि आङलुङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक माधव काफ्लेले जानकारी दिए ।

Satkar Media House
Leave A Reply

Your email address will not be published.