राष्ट्रव्यापी स्नुकर प्रतियोगिता माघको अन्तिम साता

माघ ४, काठमाडौँ । माघ अन्तिम साताबाट बौद्धस्थित अजिमा स्नुकर हाउसमा चक्र लामा–किसन लामा स्मृति राष्ट्रव्यापी स्नुकर प्रतियोगिता हुने भएको छ ।

नेपाल विलियाड्र्स, स्नुकर तथा पुल संघले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता माघ २८ गतेदेखि फागुन २२ गतेसम्म संचालन हुने जानकारी गराएको छ । प्रतियोगितामा ५० जिल्लाबाट करिब २ सय ५६ जना खेलाडीले प्रतिस्पर्धा गर्ने आयोजकले जानकारी दिएको छ ।

प्रतियोगिताको विजेताले २ लाख ११ हजार ५ सय प्राप्त गर्नेछन् । यस्तै उपविजेताले ९१ हजार प्राप्त गर्दा तेस्रोले ३० हजार ५ सय प्राप्त गर्नेछन् । १ सय ४७ ब्रेक गर्नेले १० लाख प्राप्त गर्दा हाईएस्ट ब्रेक गर्नेले २१ हजार ५ सय नगद पाउने छन् भने सेन्चुरी ब्रेक गर्नेले २ लाख १ हजार र बेस्ट प्लेयरले ११ हजार ५ सय पाउनेछन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.