गोकर्णेश्वर– ५ बाट बालिका बलात्कार अभियोगमा पक्राउ

माघ ३, काठमाडौं । १५ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

गोकर्णेश्वर नगरपालिका– ५ नयाँबस्ती बस्ने पाँचथर फिदिम नगरपालिका–९ घर भएका ५० वर्षीय सन्तबीर राईलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । राईले ती बालिकालाई बलात्कार गरेको अभियोग छ । प्रहरी बिट नयाँबस्तीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । पक्राउ गरी यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.