लक्षण
– आधा टाउको अथवा टाउकाको कुनै सानो भागमात्रै या पुरै भाग पनि दुख्ने
– नाडी चले जस्तो ढुकढुक या बलकबलक दुरी दुख्ने
– कसैकसैलाई वाकवाकी लाग्ने, वान्ता हुने
– रोगी बढी रिसाउने, झर्किने, एक्लै बस्न रुचाउने
– टाउको दुखाइ केहीघण्टादेखि केही दिन सम्म रहने
(माथिका मध्ये कुनै पनि लक्षण देखिएको भए तपाईलाई माइग्रेन भएको हुन सक्छ।)
माइग्रेनका रोगीले ध्यान दिनुपर्ने कुरा
– दिनहुँ पानी प्रशस्त पिउने
– ठीक समयमा खाने र ठीक समयमा सुत्ने र उठ्ने
– सिधा घाममा टाउको र आँखा नपार्ने
– हुलमुलमा भीडभाडमा नजाने

