माघ ३, काठमाडौं। प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा सशत्र प्रहरी बल (एपीएफ) ले प्रदेश १ विरुद्ध पहिले ब्याटिङ सुरु गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा प्रदेश १ ले टस जितेर बलिङ गर्ने निर्णय गरेको थियो। शरद भेषावकरको कप्तानीमा रहेको एपीएफमा राष्ट्रिय खेलाडीको बर्चश्व छ। शुक्रबारबाट सुरू प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा अर्को विभागीय टोली त्रिभुवन आर्मीले गण्डकी प्रदेशलाई ९७ रनले पराजित गरेको थियो।

