अर्जुन शाह,
माघ २, वीरगन्ज । राष्ट्रिय योग दिवसको अवसरमा रक्तदान शिविर सम्पन्न भएको छ । पतञ्जलि योग समिती नेपाल जिल्ला कार्य समिति पर्साको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न हो ।
नसिव लाल सेठको अध्यक्षतामा कार्यक्रममा प्रमूख अतिथि वीरगञ्ज महानगरपालिकाका उप मेयर शान्ति कार्कीले आफ्नो विचार राख्नदै भनिन् ‘रक्तदान गर्नु महान कार्य हो, यसले अरु व्यक्तिको जीवनलाई नयाँ रुप प्रदान गर्दछ ।’ सबैले रक्तदान बारे जनचेतना जगाउन आवश्यक रहेको बताउँदै आगामी दिनमा यस पुण्य कार्यमा लाग्न सबैलाई आग्रह गरिन् ।
कार्यक्रमका अतिथिमा पतञ्जलि योग समिती नेपाल प्रदेश नं २ का महामन्त्री किशोरि प्रसाद कलवार, रक्तदान प्रभारी विगु पंडित महिला अध्यक्ष मिथिला साह, यूवा अध्यक्ष नितेश गुप्ता , संस्थापक अध्यक्ष भीम सर्रफहरुका अवकताले मन्तब्य ब्यक्त राखेका थिए। कार्यक्रमको सहजीकरण रेडियो समग्र मधेशका श्याम गुप्ता गरेका थिए । रक्तदान शिविरमा २१ जनाले रक्तदान गरेका थिए । कार्यक्रममा पतञ्जलि योग समिती नेपालका सम्पूर्ण पदाधिकारी लगायत उपस्थिति रहेको थियो ।

