गुल्मी र खोटाङमा दुईजना मृत फेला

माघ २, काठमाडौं । गुल्मी र खोटाङमा दुईजना मृत अवस्थामा फेला परेका छन् ।

गुल्मीको मदाने गाउँपालिका १, अग्लुङका ४५ वर्षीय जितबहादुर भण्डारी मृत अवस्थामा फेला परेका छन् । घरमा कोही कसैलाई नसोधी हिँडेका भण्डारीलाई खोजी गर्ने क्रममा घरदेखि करिब ६ सय मिटर टाढा सोही गाउँपालिका १, खोप्चा भिरमा उनको शव फेला परेको हो । यस्तै खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १ स्थित अदालत खोटाङमा कार्यरत तामिलदार सुर्खेत वीरेन्द्रनगरका नगरपालिका ११ घर भएका ३६ वर्षीय कमलदीप ढकाल आफ्नै कोठमा मृत अवस्थामा फेला परेका छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.