माघ २, काठमाडौँ । भारतको तीनदिने भ्रमणमा रहेका पराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतीय समकक्षी एस जयशंकरबीच भेटवार्ता सुरु भएको छ ।
नयाँदिल्लीस्थित हैदरावाद हाउसमा केही बेरअघि भेटवार्ता सुरु भएको हो । परराष्ट्रमन्त्री ज्ञवालीले सीमा समस्या, कोरोना भाइरसविरुद्धको भ्याक्सिन, व्यापार र पारवहनको विषयलाई प्रस्तुत गर्ने बताइसकेका छन् । वन टु वन वार्ताबीच दुई देशको डेलिगेशन बसेर कुराकानी हुनेछ । नेपाल भारत संयुक्त आयोगको बैठक बस्न लागेको हो । दुवै देशको डेलिगेशनको लन्च समेत सँगै गर्ने तय भएको छ । वार्तालाई निकै चासोका साथ हेरिएको छ ।

