माघ २, काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको केन्द्रीय समितिका सचिवालय सदस्य धर्मेन्द्र बास्तोलालगायत तीनजनाको गिरफ्तारीविरुद्ध नेकपा (क्रान्तिकारी माओवादी) लगायतका दलले भर्त्सना गरेका छन् ।
नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य किरण, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेल, नेपाल कम्युनिस्ट पार्टी वैज्ञानिक समाजवादीका संयोजक आहुति र नेकपाका महासचिव विप्लवले संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरुको रिहाइको माग गरेका छन् । यस गिरफ्तारीको तीव्र विरोध तथा भर्त्सना गर्दै उहाँहरूको अविलम्ब र बिनासर्त रिहाइको माग गर्दछौं । साथै, उहाँहरूलगायत बन्दी जीवन बिताइरहनुभएका सम्पूर्ण राजबन्दीहरूको रिहाइका लागि दरो आवाज उठाउन हामी सम्पूर्ण वामपन्थी, प्रगतिशील, मानवअधिकारवादी, गणतन्त्रवादी तथा देशभक्त शक्ति एवम् व्यक्तित्वहरूलाई विशेष अनुरोध गर्दछौं,’’ विज्ञप्तिमा भनिएको छ ।


