सूर्योदय खुला बास्केटबल भोलिदेखि

पुस २९, काठमाडौं । सूर्योदय एजुकेसन फाउन्डेसनको आयोजनामा प्रथम पीएचसीए खुला एसईई थ्री अन थ्री बास्केटबल प्रतियोगिता बिहीबारदेखि सुरु हुँदैछ ।

प्रतियोगितामा ब्वाइजमा ३२ र गर्समा १६ गरी जम्मा ४८ टिमको सहभागिता रहने आयोजक फाउन्डेसनका अध्यक्ष लक्ष्यबहादुर केसीले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । दुवै समूहमा नगद पुरस्कार राखिएको छ । ब्वाइजमा पहिलो हुनेले २० हजार, दोस्रोले १० हजार र तेस्रोले ५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने छन् । गर्समा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १५ हजार, ८ हजार र ४ हजार नगद पुरस्कार जित्ने छन् ।

ब्वाइजरगर्स दुवैमा ‘मोस्ट भेलुएबल प्लेयर’ र सर्वाधिक स्कोरकर्ताको पुरस्कार राशि भने समान रहेको छ । सोको विजेताले जनही २ हजार नगद पुरस्कार पाउने छन् ।

कोभिड–१९ को अवस्थामा विद्यार्थीलाई मानसिक तनावबाट मुक्त गराउन स्वास्थ्य मापदण्ड अपनाएर प्रतियोगिता सञ्चालन गर्न लागिएको अध्यक्ष केसीले बताए । प्रतियोगिता सञ्चालन गर्न मैतीदेवी प्रहरी प्रभाग र वडा कार्यालयको स्वीकृति लिएको सूर्योदयका ईसीए को–ओर्डिनेटर राजेन्द्र कपालीले जानकारी गराए । प्रतियोगितामा एसईई दिएका र दिने तयारीमा रहेका विद्यार्थीले सहभागिता जनाउन पाउने छन् ।

प्रतियोगिताको मुख्य प्रायोजकमा पीएचसीए तथा सहप्रायोजकमा स्मार्ट विल्डर्स प्रालि, मिड प्वाइन्ट एजुकेसन कन्सल्टेन्सी, लास्ट ब्रेक स्नुकर, गृह एजुकेसनल कन्सल्टेन्सी, नेबिको प्रालिलगायत रहेका छन् । लिग कम नकआउट आधारमा तीन दिनसम्म चल्ने प्रतियोगिताका खेलहरु घट्टेकुलोस्थित आयोजकको आफ्नै कोर्टमा हुने जनाइएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.