धामी झाँक्रीको उत्थान संस्थाले सांस्कृतिक संग्रहालय बनाउने घोषणा

पुस २७, काठमाडौँ । धामीझाँक्रीहरुको संस्था संस्कृति संरक्षण तथा सामाजिक विकास केन्द्र नेपालले काठमाडौंमा सांस्कृतिक संग्रहालय बनाउने घोषणा गरेको छ । आइतबार रिपोटर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरी केन्द्रले सांस्कृतिक संग्रालय बनाउने घोषणा गरेको हो ।

७७ जिल्लाका सांस्कृतिक तथ्यांक संकलन गरेर सांस्कृतिक संग्रहालय बनाउने संस्थाकी अध्यक्ष सीता सुनारले जानकारी गराइन् । उनले संग्रहालय बनाउने अभियानमा आफूहरु लागेको भन्दै देश विदेशमा रहेका सबै नेपालीहरुलाई सहयोग गर्न आग्रह गरिन् । उनले भनिन्,‘संग्रहालय उदाहरणी हुनेछ ।’ वाचन शिरोमणी कपिल देव भट्टले संस्थाले महान कार्य गर्न लागेकोले सबैलाई सहयोग गर्न आग्रह गरे । उनले आफूलेपनि सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । सामाजिक अभियन्ता तथा संस्थाका सल्लाहकार कृष्ण प्रसाद पाण्डेले नेपालको भौगोलिक परम्परा, कला संस्कृति, बाजा गाजा, रहनसहन, भेषभुषा र पुजा पाठ आदीको संरक्षण गर्न लागेकोले सबैलाई सहयोग गर्न आग्रह गरे । केन्द्रले लामा, धामी, झाँक्री, देवमाता, बैद्यहरुले कला, संस्कृति, बाँजा गाँजा, मन्त्र, धुप, पुजापाठ, रहनसहन र भेषभुषाहरुको तथ्यांक संकलन गर्न ७७ जिल्लाका सरोकारवाला पक्षहरुलाई आह्वान गरेको छ ।

बोक्सा÷बोक्सिको आरोपमा हिंसा खेपिरहेको घटनाहरु हुन नदिने केन्द्रले जनचेतना अभियान समेत चलाउने जनाएको छ । बोक्सा बोक्सीको आरोप लगाउने, शारीरिक, मानसिक पीडा दिने र आर्थिक शोषण गर्ने जस्ता अमानविय व्यवहार नगर्न सरोकारवालाहरुलाई अनुरोध गर्दै सचेत गराउने लक्ष्य रहेको समेत जानकारी दिएको छ । सस्थाले परम्परागत स्वास्थ्य उपचारमा भएका लामा, धामी, झाँक्री, देबमाता, बैद्यहरुको राष्ट्रव्यापी रुपमा तथ्याङ्कहरु संकलन गर्ने, संकलन गरिएका तथ्यांकको उचित संरक्षण गदै सबैलाई जानकारी दिने, “साँस्कृतिक सङंग्रालय” निर्माणको मध्यमले साँस्कृतिक अध्ययन केन्द्रको निर्माण गर्ने, अनावश्यक रुपमा कुप्रचार गर्नेहरुलाई जनचेतनाका माध्यमबाट निर्मूल गर्ने, पर्चा, पम्प्लेट, पोष्टर, होडिङ बोर्ड, बक्तव्य, बुकलेटहरु प्रकाशित गरी आवश्यक प्रचार प्रसार गर्ने, छलफल, बहस, गोष्ठी, कार्यशाला, अन्तक्र्रिया राष्ट्रिय, क्षेत्रिय तथा जिल्ला स्तरमा सम्मेलनहरु सञ्चालन गर्ने र आयुर्वेदिक पद्धतिको बाटो हुँदै आधुनिक चिकित्सा पद्धति तर्फ जागरुक बनाउने जस्ता उद्देश्य राखेको जनाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.