पुस २३, काठमाडौं । राजधानी काठमाडौंबाट चिनियाँ नागरिकलाई अपहरण गरेर बन्धक बनाएको आरोपमा दुई चिनियाँसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
तिलगंगास्थित आनन्द होटलबाट पुस १९ मा चिनियाँ नागरिक लिउ वेपिङ्ग र लि जिझाओनिङ्गलाई चिनियाँसँग मिलेर सिन्धुपाल्चोकका दुईले अन्य अपहरण गरेको र कुटपिट गरेको आरोप छ ।
अपहरणमा संलग्न सिन्धुपाल्चोकका दावा पासाङ लामा, भक्ते लामा उर्फ साईला, चिनियाँ नागरिक ऊ चाओ र झाङ्ग उईलाई पक्राउ गरिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिए । अपहरणमा सम्लग्नहरुले ती दई चिनियाँ नागरिकलाई ट्याक्सीमा राखेर सिन्धुपाल्चोकको मार्मिङमा लगेर कुटपिट समेत गरेको पीडितले प्रहरीलाई बताएकाछन् ।

