गायक विशाल काल्तनको ‘के खानु कसम’ नयाँ नेपाली पप गीत सार्वजनिक (भिडियो सहित)

पुस २२, काठमाडौँ । संगीतकार तथा गायक विशाल काल्तनको नयाँ नेपाली पप गीत ‘के खानु कसम’ सार्वजनिक भएको छ । अंग्रजी नयाँ वर्ष २०२१ को सुरुवातसंगै डान्सिङ फर्मको नयाँ गीत सार्वजनिक भएको हो ।

उक्त गीतमा शब्द संगीत तथा स्वर गायक काल्तन आफ्नै रहेको छ । तामाङ सेलो गायन क्षेत्रमा लोकप्रिय बनेका गायक काल्तनले पछिल्लो समयमा पप, आधनुनिक तथा थुप्रै प्रेमिल गीत गाएका छन् । उनको गीतमा अहिले टिकटक, फेसबुक, इस्टग्राम जस्ता सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले अभिनय गरेका छन् । संगीत एरेन्ज तथा मिक्सिङ भने दिप स्टूडियो बाट दिपेश प्रधानले गरेका हुन् ।

गायक काल्तनको ’के खानु कसम’ को म्यूजिक भिडियो समेत निर्माण भएको छ । त्यस म्यूजिक भिडियोमा भने सगुन स्याङतान र यान्गी दोङको अभिनाय देख्न सकिन्छ । लक्ष्मण घिमिरेको छायाँकन गरेको त्यस भिडियोमा सुमित लामाले निर्देशन तथा कोरियाग्राफी गरेका छन् । म्युजिक भिडियोमा ड्रोन क्याप्चरमा भने विष्णु सेवाले साथ दिएका छन् । रोशन फ्युबाले सम्पादन गरेको त्यस म्युजिक भिडियो दुप्चे म्यूजिक क्रियशनको अफिसियल युबट्युव च्यानलबाट सार्वजनिक गरेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.