पुस २०, काठमाडौँ । धर्मपुत्रको नाममा एक दम्पत्तिले गैरकानुनी रुपमा बच्चा लिएको खुलासा भएको छ । बाग्लुङ सिआना निवासी तुलबहादुर जिसी र उनकी पत्नी विष्णु जिसीले एक अविवाहित किशोरीबाट जन्मिएका बच्चा कानुनी प्रक्रिया विना नै लिएको खुल्न आएको छ ।
सामान्य कागजी खेस्रामा दुई पक्षीय सम्झौता कागज बनाई गत २०७६ चैत २६ गते उक्त बच्चा लिएको हो । बाध्यतामा परेकी किशोरीबाट जन्मिएको बच्चा आफूहरु धर्मपुत्रको रुपमा पाल्ने भन्दै ती किशोरी आमालाई सुत्केरी खर्च स्वरुप रु। ३० हजार खर्च दिएको तुलबहादु आफै स्वीकारेका छन् । आफ्नो सन्तान नभएको भन्दै धर्मपुत्रको रुपमा आफुले लिएको र धर्मपुत्र÷धर्मपुत्री राख्ने कानुनी प्रक्रियालाई मिच्दै बच्चा लिएको साँक्षीमध्येका एक कमला खत्रीले स्वीकारेकी छिन् ।
कोरोनाको बेला भएकोले कहिकतै नगई आफुहरुबीच नै सहमती गरी बच्चा आदानप्रदान भएको साँक्षी खत्रीले स्वीकारीन् । साँक्षी बसेको सत्य हो खत्रीले भनिन् –‘कानुनी प्रक्रियामा जाउँ भन्दा भन्दै ती दम्पत्तिले नमानेर अहिले आफुहरुलाई फसाउन खोज्यो ।’ उनले पनि सामान्य जस्तो लागेर सानो कागजको खेस्रामा साँक्षी बसेको र अहिले समस्या पर्दा आफुले गल्ती गरेको सुनाईन् ।
धर्मपुत्र वा धर्मपुत्र पाल्न कानुनले मापदण्ड तोकेको छ । तर ती जिसी दम्पत्तिले भने कानुनी मापदण्डविना नै धर्मपुत्र राखेर ती बच्चाको भविश्यमाथी खेलवाड गर्न लागेको संघसंसस्थाका प्रतिनिधिहरु बताउँछन् । कानुनको धज्जी उडाउँदै धर्मपुत्रको नाममा बालबालिका सम्बन्धि सरोकार राख्ने कुनै निकायहरुसंग समन्वय नगरी बच्चा हस्तान्तरण गरेको भन्ने शब्दवाली र ठेगाना विनाको कागजमा हस्ताक्षर गरेको हुँदा शंकको घेरा उब्जिएको छ ।

