शैलुङ– २ भुषाफेदामा बोधि ज्ञान प्राप्त ज्याङ्छुब छ्योर्तेन निर्माण सम्पन्न

ज्ञानकाजी तामाङ
पुस १९, दोलखा । जिल्लाको दक्षिणी भाग शैलुङ गाउँपालिका वडा नं. २ भुषाफेदा फेल्थोमा बोधि ज्ञान प्राप्त ज्याङ्छुब छ्योर्तेन निर्माण भएको छ । भुषाफेदाको माथिल्लो भाग फेल्थो गाउँबाट करिब ३ दशक पहिले बिबाह गरी सिन्धुपाल्चोक लिसांखुपाखार गाउपालिका– ७ ठुलो पाखरमा पुगेकी फुलमाया लामा र उनकी श्रीमान् सिंगे लामाको ब्यक्तिगत आर्थिक लागतमा उक्त छ्योर्तेन बनेको हो ।

करिब १७ लाख खर्चमा निर्माण सम्पन्न उक्त छ्योर्तेन सिंगे लामाका ससुरा÷ सासु स्वर्गीय माइते घिसिङ र माता माइली योञ्जनको सम्झनामा निर्माण गरिएको सिंगे लामाले बताउनुभयो । करिब ३ महिना अगाडिदेखि निर्माण सुरु भएको उक्त छ्योर्तेनको शनिवार एक कार्यक्रम गरी उद्घाटन तथा हस्ताणतरण गरिएको छ ।

ऐतिहासिक धार्मिक छ्योर्तेन निर्माण सम्पन्न भई बौद्ध धर्मगुरु खेन्पो छेवाङ नोर्वू र खेन्पो कर्मा राम्तेनद्वारा समुदघाटन तथा प्राण प्रतिष्ठान ( राब्ने) गरी स्थानीयलाई हस्ताणतरण गरेका हुन् ।

समुदघाटन तथा प्राण प्रतिष्ठान (राब्ने) धर्मगुरु खेन्पो कर्मा राम्तेनले प्रवचन तथा वाङ दिदैँ छ्योर्तेनको प्रकार र विशेषताबारे प्रष्ट पार्नुभयो । छ्योर्तेन स्थापना गर्नु भनेको बुद्धत्व प्राप्त गर्नु सराह रहेको भन्दै निर्माणपछि त्यसको संरक्षण र प्रर्वद्धनमा महत्वपूर्ण भूमिका निभाउन आग्रह गर्नुभयो । छ्योर्तेन सबैको साझा सम्पत्तिको रुपमा लिनुपर्ने र त्यसबाट सकारात्मक आशाको दियो प्रकट गर्ने भएकोले पूजापाठ तथा सरसफाईमा विशेष ध्यान दिन पनि अनुरोध गर्नुभयो ।

छ्योर्तेन निर्माण पछि स्थानीयहरुमा खुसियाली छाएको छ । छ्यानीमा सहभागी ८५ बर्षिय बेद बाहदुर तामाङले खुसी व्यक्त गर्र्दै अब देखि पितृ मुक्तिको लागि प्रत्येक बर्षाको चैत पूर्णिमा र बुद्ध जयन्तीमा बत्ती ( छ्योइमे) बाल्न काठमाडौँ जानु नपर्ने बताउनुभयो । साथै समग्र प्राणी जगतको मुक्तिको लागि समेत छ्योर्तेनले योगदान पु¥याउने उहाँले बताउनुभयो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.