चलिरहेको मोटरसाइकलमा सवार महिलालाई बाघले झम्टिएर लग्यो

पुस १९, काठमाडौं । बर्दियामा मोटरसाइकलमा सवार एक महिलालाई बाघले झम्टिएर लगेको छ । पूर्व पश्चिम राजमार्गमा पर्ने बर्दिया राष्ट्रिय निकुन्ज क्षेत्रमा शुक्रबार बेलुका मोटरसाइकलको पछाडि बसेकी महिलालाई बाघले झम्टिएको थियो ।

विस्तारै चलेको मोटरसाइकलमा छोरासँगै बसेकी ५२ वर्षकी नन्दकला थापालाई बाघले झम्टिएर लगेको थियो । सूपप्र १००८ प ६८०१ नम्बरको मोटरसाइकलमा नन्दकला छोरासँगै घर जाँदै थिइन् । शुक्रबार बेलुकी ९ बजेतिर मोटरसाइकलमा झम्टिन पुगेको थियो । पछाडि बसेकी थापालाई बाघले लछार्दै वनतर्फ लगेको थियो ।

शनिबार बिहान थापा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । मोटरसाइकलबाट लडेका छोरा सन्तोषले शुक्रबार राति नै प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरीले नेपाली सेनालाई खबर गरेको थियो । राति जंगलमा खोजी गरिएको भए पनि उनलाई फेला पार्न सकिएको थिएन । शनिबार उनको शव फेला परेको थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.