प्रधानमन्त्रीको कदमविरुद्ध नागरिक आन्दोलनका कार्यक्रमहरु सार्वजनिक

पुस १०, काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले गरेको प्रतिनिधि सभा विघटन र त्यसमा राष्ट्रपतिको अविवेकी लाहाछाप लागेको घटनाले देश र जनतालाई परेको असरलाई मध्यनजर गर्दै नागरिक समूहको तर्फबाट आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको छ ।

आज (शुक्रबार) प्रेस विज्ञप्ती निकाल्दै वृहत नागरिक आन्दोलनका कार्यक्रममार्फत संविधानले नचिनिएका एक आदेशको भरमा संसद विघटन गरेको भन्दै पुस १८ गतेसम्म आन्दोलनका विभिन्न कार्यक्रमहरु तय गरेको छ । वृहत नागरिक आन्दोलनले गत पौस ९ गते नै एक विज्ञप्तीमार्फत उक्त आदेशको भत्सर्ना गरिसकेको छ । उक्त घटना सामान्य राजनीतिक दाउपेच मात्र होईन भन्ने प्रष्ट हुनेगरी प्रतिगमनको रोडम्याप सार्वजनिक भएको भन्दै प्रधानमन्त्री र राष्ट्रपतिको गलत कदमविरुद्ध आन्दोलनमा लाग्ने बताएको छ ।

प्रतिगमनको ठूलो कदमले दैलैमा टेकेपछि हालसम्म प्राप्त उपलब्धि नै गुमेर मुलुक अँध्यारो सुरुङ प्रवेश गर्न लागेको विषयमा चासो र चिन्ता सर्वत्र देखिन्छ । त्यसैले प्रतिगमनबाट मुलुकलाई जोगाउँदै थप उपलब्धि प्राप्त गर्न सडकमै उत्रनु हामी सबै नागरिकको कर्तव्य हुन आएको छ प्रेस विज्ञप्तीमा जनाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.