साउन १६, काठमाडौं । नेदरल्यान्ड्सले टस जितेर पहिले ब्याटिङ गर्दै ८ ओभरको समाप्तिमा २ विकेटको क्षतिमा ५० रन बनाएको छ । कप्तान पारस खड्काले आफ्नो पहिलो ओभरमा नै विकेट दिलाउन सफल भएका हुन् । उनले बेन कोपरलाई २० रनमा एलबीडब्लु आउट गराए । पारसले आफ्नो पहिलो ओभरमा मात्र ४ रन खर्चेर १ विकेट लिन सफल भए ।
यसअघि सोमपालले नेदरल्यान्ड्सका ड्यानियल टेर ब्राक १ रनमा आउट गराएका थिए ।
ऐतिहासिक एक दिवसीय क्रिकेट खेलमा नेदरल्यान्ड्सले टस जितेर पहिले ब्याटिङ निर्णय गरेसँगै नेपालले बलिङको निम्तो पाएको हो । एमस्टेलभिनस्थित भिरा क्रिकेट मैदानमा नेपालले घरेलु टिम नेदरल्यान्ड्ससँग २ खेलको एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजअन्तर्गतको पहिलो खेलमा प्रतिस्पर्धा गरिरहेको हो ।