हवाई कारबाहीमा २१ तालिबानी लडाकू मारिए

पुस ९, हेलमाण्ड। अफगानिस्तानको दक्षिण प्रान्त हेलमाण्डको नवा जिल्लामा तालिबानी लडाकूलाई लक्ष्य गर्दै सेनाद्वारा गरिएको एक हवाई कारबाहीमा परी २१ जना मारिएका यहाँको गृह मन्त्रालयद्वारा बिहीबार जारी विज्ञप्तिमा जनाइएको छ ।

नवा जिल्लाको मोमेन खान क्षेत्रमा बुधबार एक सुरक्षा जाँचचौकीमा आक्रमणको लागि आएका तालिबान लडाकूसमूहमाथि हवाई कारबाही भएको जनाइएको छ । सैन्य विमानले गरेको यस कारबाहीमा परी २१ तालिबान आतङ्ककारी मारिनुको साथै अन्य नौ जना घाइते भएका जारी विज्ञप्तिमा जनाइएको छ । यस कारबाहीको ठूलो मात्रामा हातहतियारसमेत नष्ट भएको सैनिक स्रोतले जानकारी दएको छ । तालिबान लडाकू समूहले भने यस कारबाहीको केही टिप्पणी गरेका छैनन् ।रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.