पुस ८, काभ्रे। काभ्रे जिल्लामा आज १८ जना संक्रमित थपिएका छन् । आज १ जनाको मृत्यु भएको छ । काभ्रेमा आज बेथानचोकका ८६ वर्षिया महिलाको संक्रमणका कारण मृत्यु भएको छ ।
स्वास्थ्य कार्यालय, काभ्रेका प्रमुख डा नरेन्द्रकुमार झाका अनुसार आज संक्रमण पुष्टि भएका समेत हालसम्म जिल्लामा ३ हजार २१७ जना संक्रमित छन् । नयाँ पुष्टि भएका संक्रमितहरुमा बनेपाका ८, धुलिखेलका ७, पनौतीका १, पाँचखालका १ र महाभारतका १ जना रहेका छन् ।
यससँगै काभ्रेमा संक्रमित संख्या ३२ सय १७ पुगेको छ । निको हुनेको संख्या ३ हजार ३९ रहेको छ । अब काभ्रेमा सक्रिय संक्रमितको संख्या १३५ जना रहेको छ । जिल्लामा कोरोना संक्रमणबाट ४२ पुरुष र १७ महिला गरी ५९ जनाको मृत्यु भएको छ । जसमध्ये १२ पुरुष र ४ महिला अन्य जिल्लाका रहेका छन् ।


