कानुनी प्रक्रिया विपरीत धर्मपुत्र राखेको खुलासा

पुस ८, काठमाडौँ । एक अविवाहित किशोरीबाट जन्मिएका बच्चा प्रक्रिया विपरीत हस्तान्तरण भएको छ ।

बाग्लुङ सिआना निवासी तुलबहादुर जिसी र विष्णु जिसि दम्पत्तिले उक्त बच्चा लगिएको खुल्न आएको छ । उनीहरुले आफ्नो सन्तान नभएको भन्दै अविवाहित किशोरीबाट जन्मिएको बालक गत ७६ चैत २६ गते दुई पक्षवीच सामान्य कागजी सम्झौता गरी हस्तान्तरण गरेको पुष्टि भएको छ ।

बालबालिका सम्बन्धि सरोकार राख्ने संघसंस्था र प्रशासनिक प्रक्रिया विपरीत बच्चा लिने दिने गरेको ती दम्पत्तीलाई आरोप लागेको छ । बच्चा हस्तान्तरण भएको सम्झौता कागजमा केही व्यक्तिहरु साँक्षी रहेका छन् । तर आवश्यक कानुनी प्रक्रिया नपु¥याई बच्चा लिने दिने कार्य गरेमा मानव बेचविखान वा अपराधिक मुद्धमा समेत मुछिने सरोकारवालाहरु बताउँछन् ।
मूलुकी देवानी ऐन २०७४ को भाग ३ धारा ८ मा धर्मपुत्र वा धर्मपुत्री राख्ने अधिकार सुनिश्चित गरिएको छ । बालबालिका राख्दा बालबालिकाको सवोत्तम हक र हित हुने गरी धर्मपुत्र वा धर्मपुत्री राख्ने प्रवाधान छ ।

धर्मपुत्र ÷धर्मपुत्री राख्न अनिवार्य रुपमा कानुनद्वारा निदिष्ट्रत गरिएका प्रवाधानहरु पूरा गर्नुपर्ने हुन्छ । तर ती दम्पत्तिले भने वाध्यतामा परेकी किशोरीबाट जन्मिएका बच्चालाई कानुनी प्रक्रियाविना सामान्य कागजी सम्झौता गरेर आफूले लिएको खुलेको छ ।  सम्झौता कागजमा भने कुनै ठेगाना, प्रयोजन र विवरण समेत उल्लेख नभएको हुँदा बच्चा लिने र दिनेविच शंक उत्पन्न भएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.