पोखरामा ओलीको पुत्लादहन र ढुंगा हानाहान

पुस ७, पोखरा । संसद विघटनविरुद्ध पोखरामा तेस्रो दिन पनि प्रदर्शन सुरु भएको छ ।

मंगलबार बिहान पृथ्वीनारायण क्याम्पसमा संयुक्त विद्यार्थी संगठनले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरेको हो । विरोधमा उत्रिएकाहरुले प्रधानमन्त्री ओलीको पुत्लादहन गरेका छन् । पुत्लादहनपछि क्याम्पस परिसरमा ढुंगा हानाहानसमेत भएको छ । संसद विघटनपछि पोखरामा प्रदर्शन चर्किएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.