आफ्नै दलबाट लगातार घेराबन्दी र असहयोगका कारण संसद विघटन – प्रधानमन्त्री

पुस ६, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले सरकारमाथि आफ्नै पार्टीबाट असहयोग र घेराबन्दीका भएका कारण संसद विघटन गरी जनताको बीचमा जानु परेको बताएका छन् ।

आज राष्ट्रको नाममा सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । उनले प्रतिपक्षी दल भन्दा पनि आफ्नै दलका नेताहरुले असहयोग गरेको गुनासो गरेका छन् । प्रधानमन्त्री ओलीले आम निर्वाचनको जनादेश र जनभावना विपरीत राष्ट्रिय राजनीतिमा अर्थहीन र अन्त्यहीन गतिविधीको सिर्जना गरेपछि निर्वाचनको घोषणा गरिएको बताए । उनले नेपाल कम्युनिष्ट पार्टीको एकताको निर्णय आम निर्वाचनमार्फत् अनुमोदन भए पनि त्यसपछि राजनीतिलाई जनअपेक्षा अनुरूप अघि बढ्न नदिने गरी विसंगत गतिविधि भएको बताए ।

उनले पार्तीका नेताहरु सरकारको कामबाट खुसी हुनुपर्नेमा पदको बार्गेनिङमा केन्द्रित भएको आरोप लगाएका छन् । ‘‘नेताहरु सधैं भागबन्डाका बार्गेनिङमा केन्द्रित भए, प्रतिपक्षले आफ्नो पोजिसन बनाउनका लागि काम गर्नु उसको धर्म हुन्थ्यो होला, तर, नेताहरुले प्रतिपक्षभन्दा पनि बढि आलोचनात्मक मात्र भएनन् । मेरा प्रयासलाई विफल बनाउन लागिरहे । त्यसैले नयाँ निर्वाचन मेरो छनोटमा पर्‍यो ।’’

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.