पुस ३, काठमाडौं । काभ्रे र रुपन्देहीमा २ जना मृत फेला परेका छन् । काभ्रे, बनेपा नगरपालिका ९, पुण्यमाता खोलाको किनारामा हाल नाम,थर, वतन नखुलेका करिब ३० वर्षीय पुरुष मृत अवस्थामा फेला परेका छन् ।
रुपन्देही, बुटवल उपमहनगरपालिका १२, स्थित चारपाला सामुदायिक वनमा सोही उपमहानगरपालिका तामनगर बस्ने ८१ वर्षीय हिरालाल बैद्य मृत अवस्थामा फेला परेका छन् । गत मङ्सिर २६ गतेदेखि हराएका उनको खोजी गर्ने क्रममा शव फेला परेको हो ।

